छोरी कुपोषित,आमा शिथिल
Advertisement
You May Like


भोजपुर : सुदीक्षा राउत घटौसम्म कालोनिलो देखिन्छिन् । श्वासप्रश्वास बन्द भए जस्तो हुन्छ । परिवारका सदस्यहरु सदीक्षालाई माया मार्ने अवस्थामा पुग्छन । विस्तारै आफै पहिलेकै अवस्थामा फर्किन्छिन सुदीक्षा । छोरीको असामान्य अवस्था देख्दा आमा निर्मला पनि शिथिल र दिक्क हुनुहुन्छ । ‘छोरीलाई उचार गर्न हप्तौदिन विराटनगर बसेर आए, डाक्टरले नेपालमा उपचार गर्न नसक्ने हुँदा भारत लैजानु भनेका छन् । उता लगेर पनि उपचार हुने हो कि नहुने हो, के ले उपचार गर्ने ?,’भन्नुहुन्छ ‘छोरीलाई जति नै पोषिलो खाना खुवाउन खोजे पनि खानै मान्दिन । खुवाएको पनि पच्दैन ।’

छोरीको अवस्था देखेर हार खाइसकेकी निर्मलाले भारत लगेर उपचार गर्न नसक्ने भएपछि विदेशमा रहेका पतिकोसंँग सल्लाह गरेर उपचारै नगरी घर फर्काएर बस्नुभएको छ । उहाँहरुको सम्पतिको नाममा दुई सुर्को पाखो बारी र चार पाथी बीउ लाग्ने खेत बाहेक केहि छैन । विदेशिएका पतिको कमाईले दुई छाक टार्ने समस्या टरेपनि छोरीको उपचार गर्नसक्ने अवस्था नरहेको निर्मलाले बताउनुभयो । 
‘श्रीमानले विदेशबाट उपचार गर्न त भन्छन्, धेरै खर्च लाग्ने भएपछि आँट्न सकिरहेको छैन्’निर्मला भन्नुहुन्छ‘आफ्नो सन्तानको माया आमाबाबुलाई कहाँ हुन्न र ? उपचार गर्ने खर्च कसरी जुटाउनु ?’ 
अमेरिकी सहयोग नियोग (युएसएड)को आर्थिक सहयोगमा सञ्चालित सुहारा परियोजनाको पोषण कार्यक्रमकी फिल्ड सुपरभाइजर अस्मिता राईले सुदीक्षाको यस्तो अवस्था थाहा पाएपछि स्थानीय स्वास्थ्यकर्मीहरुसंगको सल्लाहमा उपचारका लागि अस्पताल लैजान परिवारलाई परामर्श दिनुभयो । आमा निर्मलाले एकमहिना अघि उपचारका लागी छोरी च्यापेर अस्पताल पुग्नुभयो । उहाँ कुपोषण संगै अन्य मानसिक रोग समेत रहेकाले नोबेल अस्पतालमा सिफारिस गरियो । चिकित्सकले नोबेलमा समेत उपचार सम्भव नहुने भएपछि भारतमा उपचारका लागी लैजान सिफारिस गरेका थिए । 
भोजपुर नगरपालिका वडा नम्बर ४, सिद्धेश्वर मान्द्रेस्थित निर्मला राउत र प्रेमकुमार राउतको ०६८ सालमा विवाह भएको हो । परिवारको आर्थिक स्थिति कमजोर भएकाले विवाहपछि प्रेम वैदेशिक रोजगारका लागी विदेशिनु भएको हो । तीन बर्षपछि प्रेम फर्किनु भएपछि निर्मला गर्भवती हुनुभयो ।
०७२ माघ २ गते निर्मलाको कोखबाट पहिलो सन्तानका रुपमा सुदीक्षाको जन्म भएको हो । छोरी जन्मिदा परिवारमा खुसी छायो । सामान्य अवस्थामा जन्मिएकी छोरी दिनदिनै असामान्य अवस्थाको बन्दै गइन । तर परिवारमा आएको त्यो खुसी धेरै समय टिक्न सकेन् । सुदीक्षा १५ महिनाकी भइन् । शरिर र कर¨ सुक्दै गएको छ । शरिर कमजोर र सुस्त छ । टाउको ठुलो छ । पेट फुलेको छ । उनको जम्मा तौल ५ किलो मात्रै छ । सुदीक्षा तेस्रोे महिना पुग्दा लाउनुपर्ने डिडिटि, ओपिभि र आइपिभि खोप लगाएपछि विस्तारै सुस्त हुदै आएकी आमा निर्मलाले बताउनुभयो । उहाँका अनुसार खोपकै कारण सुस्तपन बढेको आंशकामा नियमित लाउनुपर्ने खोप नवौ महिनापछि लगाइएन । 
स्वास्थ्य झन कमजोर हुदै गएपछि उहाँहरुले धामीझाक्री लगाएर गाउँमै घरेलु उपचार गराउनुभयो । गाउँलेले जागित्रा लागेको भन्दै धामी लाउन सल्लाह दिए तर उपचारका लागि स्वास्थ्यसंस्था जानुपर्छ भन्ने ज्ञान अनपढ निर्मला र उहाँको परिवारलाई हेक्का भएन । छोरीको स्वास्थ्य अवस्था विग्रदै गएकोमा आमा अत्तालिनुभयो । ‘अरुका संगैका नानीहरु छमछमी खेल्छन्, यसलाई चाहि के भएको हो, जति स्याहार गरेपनि हुन्न,’ गहभरी आशु पार्दै निर्मलाले दुखेसो पोख्नुभयो । 
अशिक्षा, गरिबी, चेतनाको कमीका कारण जिल्लामा सुदीक्षा जस्ता दर्जनौ बालबालिका कुपोषणबाट पिडित छन् । उहाँहरुलाई सरकारी स्वास्थ्यसंस्थाले उपचारमा सहुलियत, परामर्श तथा सहयोग गर्न सक्छन् । तर यहाँका कुपोषित बालबालिकाबारे सरकारी स्वास्थ्यसंस्था नै अनविज्ञ छन् । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक एवम् सुचना अधिकारी राजु श्रेष्ठले एकिन तथ्या¨ नभएपनि कुपोषणको संक्रमणका बालबालिका गाउँ तथा दुर्गम बस्तीमा रहेको बताउनुहुन्छ । ‘यहाँका बालबालिकामा कुपोषणबारे विस्तृत विवरण त छैन नै, हामीले तथ्या¨ अद्यावधिक समेत गरेका छैनौ, तर विपन्न समुदायमा भेटिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘अबदेखि हामीले खोजविन गर्ने र सक्ने सेवाका लागी तयारी गर्नेछौ ।’

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.