डोनाल्ड ट्रम्पबिरूद्ध महाभियोगको प्रस्ताव पेश
Advertisement
You May Like
अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पबिरूद्ध महाभियोग प्रस्ताव पेश भएको छ।
अमेरिकाका एक डेमोक्रेट सांसदले सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको कथित आरोप उपरको संघीय छानबिनमा बाधा पुर्याउने काम गरेको आरोप लगाउदै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका बिरुद्द महाअभियोग (आर्टिकल अफ इम्पिचमेन्ट) प्रस्ताव पेश गरेका हुन्।
कुनै अमेरिकी सांसदले ट्रम्पबिरूद्ध पेश गरेको यस्तो प्रस्ताव सबैभन्दा ठूलो र पहिलो हो।
रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पले यसै वर्षको जनवरी २० मा अमेरिकाको ४५औं राष्ट्रपतिका रुपमा शपथ लिएका थिए।
प्रायः पाकिस्तानबिरूद्ध कडा आलोचकका रूपमा आफ्नो परिचय बनाएका क्यालिफोर्नियाका डेमोक्रेटिक सांसद ब्रेड शेरमनले टेक्ससका अर्का सांसद अल ग्रीनसँग मिलेर ठूलो अपराध तथा खराब आचरणका लागि ट्रम्पबिरूद्ध महाभियोग प्रस्ताव पेश गरेको जनाएका छन्।
यस प्रस्तावलाई अगाडि बढाउन प्रतिनिधि सभाको बहुमतबाट पारित गर्नुपर्ने हुन्छ।
महाभियोग प्रस्ताव पास हुने झिनो सम्भावना
ट्रम्पको रिपब्ल्किन पार्टीसँग मौजूदा प्रतिनिधि सभामा डेमोक्रटिक पार्टीको भन्दा ४६ मत बढी छ। रिपब्ल्किन पार्टीका सांसदले महाभियोगको प्रस्तावको पक्षमा भोट दिने सम्भावना न्यून छ ।
डेमोक्रेटिक सांसद ब्रेड शेरमनले ट्रम्पबिरूद्ध महाभियोग प्रस्ताव पेश गरे पस्चात – ‘डोनाल्ड ट्रम्प जूनियरबाट सार्वजनिक भएको घटनाक्रमले ट्रम्प चुनावी प्रचार अभियानमा रूसबाट सहयोग लिन ईछुक रहेको स्पस्ट हुन्छ भनेका छन्,’ उनले अगाडि भने, ‘अब यस्तो लाग्दै छ कि जब राष्ट्रपतिले सुरक्षा सल्लाहकार माइकल फ्लिनमाथिको छानविन तथा रूसी प्रकरणको छानविनमा बाधा पुर्याउने कोशिश गरे जसमा उनले केही लुकाउन चाहेको देखियो।
शेरमनले अगाडि भनेका छन्- मलाई लाग्छ कि उनको कुराकानी र त्यसपछि एफबीआईका निर्देशक जेम्स कोमीलाई पदबाट हटाउनुले न्यायमा बाधा पुर्याउने काम भएको देखिन्छ।
राष्ट्रपति ट्रम्पबिरूद्ध महाभियोग प्रस्तावका बारेमा ट्रम्पको प्रवक्ता सारा हकैबी सेन्डर्ले ‘ हाँस्यास्पद र सबैभन्दा खराब राजनीतिक खेल भएको’ प्रतिकृया दिएकी छ्न्।
Advertisement
You May Like
0 comments
Write Down Your Responses