मधेशका मुद्दामा बोले ओली वास्तविकता यस्तो हो भन्दै बने
Advertisement
You May Like


२९ असार, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैं मधेसी जनताको पक्षमा रहेको भन्दै यसअघि मधेस र मधेसीबारे आफूले बोलेका कुराहरु झुटा प्रचारमात्र भएको बताएका छन् ।
काठमाडौमा आयोजित तराई मधेसका बुद्धिजीबीहरुसँगको अन्तक्रिया कार्यक्रममा ओलीले तराई मधेसका समस्या समाधान गर्न एमाले बिशेष ढङ्गले सक्रिय हुने दावी गरे ।
आफूले मधेस आन्दोलनका बेला भएको हाते–साङ्लो कार्यक्रमलाई माखे–साङ्लो पनि नभनेको जिकिर गरे ।
संविधान अपरिवर्तनीय, असंसोधनीय दस्तावेज नभएको भन्दै अध्यक्ष ओलीले संविधान संसोधनमा एमाले सकारात्मक नै रहेको बताए । यद्धपी ओलीले सत्ता पक्षले दर्ता गरेको संविधान संसोधनको प्रस्ताव राष्ट्रिय अखण्डताको प्रतिकुल रहेको जिकिर गरे ।
ओलीले तराइमा विकास हुन नसकेकोमा चिन्ता मात्र प्रकट गर्दे अबका दिनमा तराईको विकासको विषयलाई केन्द्रमा राखिने बताए । उनले राष्ट्रवाद भनेर कोही तर्सिनु पर्ने आवश्यकता नरहेको भन्दै राष्ट्रवाद कुनै क्षेत्र विरोधी विचार नरहेको उल्लेख गरे ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.