समाचार
»
ट्याक्टर भेटियो,चालक भेटिएनन,तीन बच्चाको बिचल्ली
ट्याक्टर भेटियो,चालक भेटिएनन,तीन बच्चाको बिचल्ली
Advertisement
You May Like
स्याङ्जा : साथीहरुसंगै बसेर साँझको खाना खाएपछि ट्याक्टर चलाएर डेरामा जाँदै गरेका ३४ बर्षीय फजबहादुर चौधरी वेपत्ता भएपछि श्रीमती र तीन बालबच्चाको बिचल्ली भएको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १ स्थित बलबहादुर थापाको निजी टयाक्टर चालक हुन चौधरी वेपत्ता हुँदा उनका एक श्रीमती र तीन बालबच्चाको बिचल्ली भएका हुन् ।
नवलपरासीको रामग्राम घरभएका चौधरी पत्नी, छोराछोरी सहित पुतलीबजार नगरपालिका ३ पुतलीखेतमा बस्दै आएका थिए । चौधरी १४ बर्षदेखि स्याङ्जामा बसेर ट्याक्टर चलाएर पत्नी सहित ३ छोराछोरीको पालनपोशण गर्दै आएका थिए । पत्नी माइत गएकी र छोराछोरी एक्लै भएको बताउदै ढिलो भए पनि आफू डेरामा पुग्नै पर्ने भन्दै खेतबाट फर्किएको उनका साथीहरुले बताएका छन् ।
चौधरीले शुक्रवार दिनभर र राती अवेलासम्म मजुवा फाँटमा ट्याक्टरले खेत जोतेका थिए । तर, उनले चलाएको ट्याक्टर भने बाडखोला किनारमा उल्टो पल्टिएको अवस्थामा भेटिएको छ ।
शुक्रवार साँझदेखि अवेरसम्म ठूलो बर्षा सहितको पानी परेको थियो । बाडखोला पनि बढेको थियो । मध्य रातमा चौधरीले खोला तर्नका लागि दुई तीन पटकसम्म ट्याक्टर अघि बढाउदै र फेरि पछि हटाउदै गरेको स्थानीयबासी बताँउछन् । हलो सहितको ट्याक्टर चलाएर कजवे तर्दै गर्दा ट्याक्टर सहित चौधरी पनि पल्टेको हुनसक्ने प्रहरीको अनुमान छ ।
आधीखोलामा प्रहरीले खोजीकार्य तीव्र बनाएको छ । बर्षात्को समयमा बाडखोला बढ्दा कजवेमाथि पानी बग्ने गर्छ । कजवेसम्म पानी भरिएर आएपछि चौधरी झुक्किएको हुनसक्ने प्रत्यक्षदर्शीको अनुमान छ ।

Advertisement
You May Like
0 comments
Write Down Your Responses