सल्यानको सल्ले खोलामा बस दुर्घटना, ठुलो मानवीय छेती पूरा पढनुहोस
Advertisement
You May Like

दाङ, असार २५ । दाङबाट रुकुम जाँदै गरेको यात्रु बस आज बिहान सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय लुहामका अनुसार ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक सल्ले खोलामा दुर्घटना भएको हो ।
सिस्ने हिमाल यातायातको सो बस सडकबाट करिब एक सय मिटर तल खेतमा खसेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि दाङ लगिएको छ भने अन्यको सल्यानमा उपचार भईरहेको छ ।
बसमा २८ जना यात्रु रहेका थिए । जसमा २५ जना पुरुष र अन्य तीन महिला रहेका थिए ।
पानी परिरहेकाले बाटो चिप्लो हुंदा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.