भाग्य बदल्न यो गल्लीमा आएर चुम्बन गर्छन् प्रेम जोडी, यस्तो छ रोचक कहानी
Advertisement
You May Like
मेक्सीकोका युगल जोडी आफ्नो प्रेम अमर बनाउनका लागि भाग्य बदल्नका लागि गुआनायुआटो शहरको एक गल्लीमा गएर एक अर्कालाई चुम्बन गर्छन् ।
उक्त गल्लीलाई ‘एले अफ द किस’ को नामले चिनिन्छ । यदि कुनै जोडीले उक्त गल्लीमा गएर चुम्बन गर्छन् भने उनीहरुले अर्को १५ वर्षसम्म खुसीको वरदान पाउने मान्यता रहिआएको छ । खुसीको वरदान हाँसिल गर्ने चाहमा मानिसहरु लाइन लागेर आफ्नो पालो कुरेर बस्छन् ।
यो स्थानको सबैभन्दा रोचक पाटो घुमक्कड संगीतकारको टोली हो । यी टोली १७ औं शताब्दिको स्पेनिश पोशाकमा घुम्छन् र प्रेमले भरिएको गीत गाउँछन् । ‘एले अफ द किस’ लाई प्रेम गल्ली पनि भन्न सकिन्छ । यो गल्लीको नाम कसरी रहन गयो, त्यसबारे पनि एक रोचक कहानी छ ।
भनिन्छ, यो गल्लीमा अना र कार्लोस नामका दुई प्रेमी बस्दथे । अना धनी स्पेनी खानदानकी थिइन् । जुन बाल्कोनी मुनी उभिएर आज युगल जोडी एक अर्कालाई चुम्बन गर्छन्, अना त्यसै बाल्कोनीमा उभिएर आफ्नो प्रेमीको प्रतिक्षा गर्दथिन् । कार्लोस मजदूरी गर्ने एक गरिब थिए ।
तर तर कार्लोस र अनाको प्रेमको बिचमा धनी–गरिबको कुनै अर्थ थिएन । उनीहरु दुबै रातीको मौका पारेर उक्त गल्लीमा भेट्दथे । एक एदिन अनाका पिताले ती दुबैलाई चुम्बन गरिरहेको देखे । अनाका पिताले दोस्रो पटक दुबैलाई सँगै देखे हत्या गरिदिने धम्की दिए ।
अना कार्लोसको प्रेममा पूर्ण रुपमा डुबिसकेकी थिइन् । बुवाको धम्कीले उनीहरुलाई रोक्न सकेन । अर्को दिन उनीहरु दुबैजना पुनः भेटे । अनाका पिताले उनलाई दोस्रोपटक चुम्बन गरिरहेको देखेपछि रिसले आँखा देखेनन् । उनी बाल्कोनीमा आए र अनाको टाउको काटिदिए ।
जुन बाल्कोनीमा उनी उभिन्थिन् त्यहाँ प्रेमी जोडी आफ्नो नाम लेख्ने गर्दछन् । एक–अर्काका लागि सन्देश लेख्छन् । प्रेम अमर बनाउनका लागि मानिसहरु निकै टाढाबाट उक्त स्थानको यात्रा गर्छन् । उक्त प्रेम गल्लीमा प्रेमको प्रार्थना गर्नेमध्ये मारिया र रोसारियोको एक जोडी पनि छ । दुबैको विवाह भएको ४३ वर्ष भइसकेको छ । उनीहरु सन्तान ठूल्ठूला भइसकेका छन् ।
तर आज पनि उनीहरु आफ्नो प्रेमको लामो उमेरका लागि प्रार्थना गर्न त्यहाँ पुग्छन् । जब उक्त गल्लीमा उनीहरुले एक–अर्कालाई चुम्बन गरे तब सबैले उनीहरुको ताली बजाएर स्वागत गरे ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses