यी हुन खोलामा बेपत्ता भएका २ युवकको शव निकाल्ने क्रममा ज्यान गुमाएका जवान
Advertisement
You May Like
पोखरा, २७ असार – सोमबार दिउँसो माछा मार्ने क्रममा हर्पन खोलाले बगाएर बेपत्ता भएका दुई युवकको शव निकाल्न आज गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ ।
पर्वत, कुस्मा नगरपालिका– १२ घर भई क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत प्रहरी जवान २६ वर्षीय बलबहादुर कुँवरको खोलामा डुबेर सख्त घाइते भएकामा उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको र उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses