प्रचण्डको कुरा र केपि ओलिको कुरा मिलेपछी.....
Advertisement
You May Like


२७ असार, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संविधान संसोधनमा सघाउन प्रधानमन्त्रीले गरेको आग्रह ठाडै अस्विकार गरेपछि सहमतिका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वटा विकल्प अघि सारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दलको बैठकमा प्रचण्डले तीन वटा विकल्प दिएका हुन् ।

 बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले दलहरुको सहमतिमा अर्को संसोधन प्रस्ताव तयार पार्ने विकल्प अघि सारेका छन् । अहिलेको संविधान संसोधन विधयेकमा एमाले असहमत भएपछि सबै दलको छलफलमा साझा प्रस्ताव बनाएर पेश गर्ने विकल्प अघि सारेका हुन् । यदि यसमा सहमत हुन नसकिने हो भने संसोधन प्रस्तावलाई अहिलेकै अवस्थामा भोटिङमा लैजाने र जस्तो परिणाम आएपनि सबैले स्वीकार्नुपर्ने उनको प्रस्ताव छ । प्रचण्डको तेस्रो विकल्प भने एमालेको मागसँग लगभग मिल्दोजुल्दो छ ।

तेस्रो चरणको चुनावसम्म संसोधन प्रस्ताव थाती राख्ने र राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन बाँकी अन्य माग पूरा गर्ने उनको प्रस्ताव छ । एमालेले पनि अहिले चुनावको मुखमा संसोधनको कुरा उठाउन नहुने र चुनाव सकिएपछि खुला भएर छलफल गरिनुपर्ने माग गर्दैआएको छ । बैठकमा कुरा नमिलेपछि राजपासँग छलफल गरेपछि फेरि ३ दलको बैठक बस्ने सहमति भएको एक नेताले जानकारी दिए ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.