बिदेशमा श्रीमानले कमाएको १ करोड दश लाख लिएर श्रीमती टाप (श्रीमानको रुवाबासी)
Advertisement
You May Like


उर्लाबारी, दुई छोरी र एक छोराकी आमा श्रीमानले कमाएको साह्रा सम्पत्ति लिएर भाग्दा कस्तो होला ? श्रीमान विदेश भएको मौका छोपी दुई वर्षको काखे छोरा अनि ५ र १० वर्षकी छोरीहरुलाई छाडेर भाग्दा के होला ?नानीहरुको अवस्था कस्तो हुदो हो ? नियमति फोन सम्पर्क हुदाहुदै पनि ३९ महिनापछि स्वदेश फर्कदा सहरावीहिन नानीहरु देख्दा ती अभागी बाबूलाई कस्तो भयो होला ? भोग्नेलाई नै थाहा हुन्छ !
मोरंग टाँडी–२का जितेनहाङ लिम्बू(नाम परिवर्तन) लाइ भयो यस्तै । मकाउबाट स्वदेश फर्कदा आप्mनो सहारा विहिन नानीहरुसँग भेट्दा उनी भक्कानिए ।३९ महिनापछिविदेशीहरुको गुलामी गरेर कमाएको पैसा उनकी श्रीमतीले लिएर भागिन् । मकाउ र इराकमा गरी साढे ६ वर्ष काम गरेर आर्जेको सम्पत्ति लिई तीन छोराछोरीलाई छाडेर भाग्दा ती निर्दयीलाई के भन्ने लिम्बूले सोच्नै सकिरहेका छैनन । न्यायको खोजीमा उनी भौतारिदै बीहिबार इलाका प्रहरी कार्यालय पुगे । कार्यालय परिसरमा उनले ‘श्रीमती हराएको’ विषयमा निवदेन दर्ता गराउदै आप्mनो विगतका दिनहरु सुनाउन थाले ।
२०५९ सालमा जितेनहाङले मोरंङ टाँडी–२का विरबहादुर माखिमकी एलिना भनेर चिनिने रुपमाया लिम्बूसँग विवाह बन्धनमा बाँधिएका थिए । सशस्त्र प्रहरीका जवान उनीे विवाह भएको चार वर्षपछि जागिर छाडी कमाउनका लागि भनेर इराका हानिए । मुलुकमा २०६३सालमा गणतन्त्र आउदै उनी आप्mनो सुनौलो भविष्य बनाउनका लागि भनी दुई वर्षकी छोरी र श्रीमतीलाई छाडेर इराका गएका थिए ।
जोखिमपूर्ण काम गर्दा इराकमा लिम्बूले मासिक दुई लाख १७ हजार पाउथे । ४१ महिनासम्म इराकमा रहदा उनले पटकपटक गरी श्रीमतीलाई करिब ५० लाख रुपैँया पठाएका थिए । श्रीमानले पठाएको रकमबाट रुपमाया
उर्लाबारी–२ स्कूलडाँडामा १६ धूर जमिन र टाँडी–२ स्थित चोक्टे भन्ने ठाँउमा घर सहित ८ रोपनी जमिन खरिद गरेकी थिइन् ।घर घडेरी सबै श्रीमतीको नाममा थिए । २०६५ सालमा जितेनहाङ स्वदेश फर्के । २०७० सालसम्म स्वदेशमा रहँदा लिम्बू दम्पत्तिका अन्य दुई सन्तान जन्मिए । सुखमयले उनीहरुको जीवन व्यतित भइरहेको थियो ।
२०७० सालमा जितेनहाङको मकाउका लागि भिसा लागेपछि पुनःविदेशीए । ३९ महिनासम्म मकाउ बसिकेपछि उनी गत असोज २२ फर्कदा भयभित बने । मकाउमा रहदा श्रीमतीलाई पठाएको १६ लाखको के कुरा, उनले आप्mनो घर र घडेरी नै बेचिएको थाहा पाए । छोराछोरीको कान्ति विजोग देखे ।
घर घडेरी र नगद के कुरा, निष्ठूरीले मेरी बहिनीको दुईतोला सुन र घरको ६ तोला सुन समेत लिएर भागिछे’लिम्बूले भने–‘भाडामा बस्ने नै बनाइ । ’ हाल जितेनहाङ उर्लाबारी–१मा एक घर भाडामा लिई छोराछोरीका साथ बसेका छन् ।

श्रमीतको खोजी गर्नका लागि जितेनहाङले ससुरालीकहाँ जादा समेत उल्टै हप्कादप्की खानुपरेको गुनासो गरे । आप्mना व्यथाहरु सुनाउदै श्रीमतीको खोजी गर्न आग्रह गर्दै उनले आफूलाई न्याय दिलाइदिन कानूनका ज्ञाताहरुसँग आग्रह समेत गरेका छन् । आप्mनो साहारका कोही नभएको उनले बताए ।
‘श्रीमती हराएको सूचना’निवदेन बढेः
चालू आर्थिक वर्षको कत्र्तिक पहिलो सातासम्म इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘श्रीमती हराएको’ निवेदन दिनेको संख्या ८ पुगेको छ । श्रीमान वैदेशिक रोजगारीमा रहदा छोराछोरीलाई घरमै छाडेर नगद र गरगहना लिएर भागेको भन्दै ‘श्रीमती खोजिदिन’भन्दै इलाका प्रहरी कार्यालयमा पीडितहरु आउने गरेका छन् ।
भागेका अधिंकाश अन्य केटासँग विवाह बन्धनमा बाँधिने गरेका छन् । श्रीमती अन्य केटासँग भागे पनि श्रीमानले अर्को केटीसँग विवाह गर्दा ‘बहुविवाह’मुद्दा लाग्ने डरले ती ‘श्रीमती पीडित’न्यायको खोजीमा भौतारिदै गरेका छन् ।उर्लाबारी नगर क्षेत्रबाट चालू आर्थिक वर्षमा नगद सहित गरगहना लिएर भाग्नेहरुमा टाँडी–४की कमला पराजुली,उर्लाबारी–६की राधिका श्रेष्ठ,उर्लाबारी–४की सीता तामाङ,मधुमल्ला–७की आशा मगर,उर्लाबारी–६की जानुका राई रहेका छन् ।
भागेका ८ जना मध्ये दुई जना फर्केर पारिवारीक मिलापत्र गरेर बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक राजकुमार राईले जानकारी दिए ।इलाका प्रहरी कार्यालय उर्लाबारीको महिला तथा बालबलिका विभागकी सुनिता चौधरीका अनुसार भागेकाहरु अधिकांशले नगद लिएर गएको उजूरीहरु उल्लेख गरिएको जानकारी दिइन् । भागेका अधिकांशहरुको छोराछोरी रहेको तथा श्रीमान वैदेशिक रोजगारीमा आबद्ध रहेको चौधरीले बताइन् । धनकुटा खबर बाट

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.