नेपालको सीमा निगरानी गर्न एसएसबीमा पनि ‘गुप्तचर विभाग’
Advertisement
You May Like
भारत सरकारले सीमा सशस्त्र बल (एसएसबी) मा पनि छुट्टै गुप्तचार विभाग गठन गर्नका लागि अनुमति दिएको छ । एसएसबीले नेपाल र भुटानको सीमाको सुरक्षा गर्ने गरेको छ ।
यो निर्णयसँगै एसएसबीलाई खुफिया सूचना संकलनका लागि ६५० वटा पोष्ट खडा गर्ने अनुमति मिलेको छ । अधिकारीहरुका अनुसार यसले एसएसबीको कार्यक्षमता बृद्धि हुनेछ ।
खुला सीमा रहेको यस क्षेत्रमा एसएसबीलाई आफ्नै गुप्तचर विभाग चाहिएको भन्दै सरकारलाई माग गरिएको थियो । खुला सीमाका कारण यस क्षेत्रमा आइएसआई, विद्रोही, अराष्ट्रिय तत्व, अपराधी तथा तस्करहरुको गतिविधि बढेको तर्क एसएसबीले प्रस्तुत गरेको थियो । यसका लागि विस्तृत सीमा व्यवस्थापन र सूचना संकलन आवश्यक रहेको एसएसबीले बताएको छ ।
एसएसबीले गृहमन्त्रालयलाई पठाएको उक्त प्रस्तावलाई सरकारले लागु गर्न अनुमति दिएको भारतीय सञ्चार माध्यमा उल्लेख छ ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses