ठग डाक्टर ! दाताको भन्दै झुक्काएर आफ्नै वीर्य दिएर बने ६० सन्तानका बाबु
Advertisement
You May Like
नेदरल्यान्ड्सका एकजना चिकित्सकले गर्भाधारणको समस्या लिएर आउने आफ्ना बिरामीलाई वीर्य परीक्षण गर्ने बाहानामा झुक्काएर आफ्नै वीर्य दिइ ६० सन्तानको बाबु बनेको खुलासा भएको छ । सन् १९८० देखि २००९ सम्म नेदरल्यान्ड्सको ‘फर्टिलिटी ट्रिटमेन्ट क्लिनिक’को प्रमुखमा कार्यरत् डा.जन कारवाटमाथि गर्भाधारणको उपचारकाक्रममा हजारौं महिलाहरुलाई आफ्नो वीर्य दिएको भन्ने आरोप लागेको छ ।
डा.कारवाटको ८९ वर्षको उमेरमा गत महिनामात्रै मृत्यु भएको थियो । मृत्युअगाडि उनले आफ्नो डीएनएको नमुना सुरक्षित राख्न चिट्ठी लेखेको बीबीसीले उल्लेख गरेको छ ।
नेदरल्यान्ड्स निवासी ३० वर्षीय जोय हुडम्यानले डा.कारवाटको तस्वीर देखर आफूजस्तै लागेपछि यसबारे अध्ययन गरेका थिए । उनले अस्पतालमा गएर जब डीएनए परीक्षण गराए, तब थाहा भयो, उनी डा.कारवाटका सन्तान् हुन् ।
हुडम्यानले भने–‘जब मैले डाक्टरको फोटो देखें चकित भएँ । अब यो घटना अदालत पुगेको छ । म ढुक्क छु, डाक्टरले कतिजनालाई वीर्य दिएर झुक्काएका छन् भन्ने कुरा बाहिर आउनेछ ।’
यस्तो कार्य गर्नुमा वीर्य लिन आउने महिलाहरुले पढे–लेखेको मानिसले दान गरेको वीर्यमात्रै स्वीकार गर्ने शर्त राख्न थालेपछि आफ्नै वीर्य दिनुपरेको डा. कारवातले बताएका थिए ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses