राष्ट्रपतिविरुद्ध फेसबुकमा मनपरी लेख्ने प्युठानका सुनारलाई ५ वर्षको जेल सजायँ , अर्का नेविसंघ सम्बद्ध युवक पक्राउ
Advertisement
You May Like
काठमाडौं, ३० असार । हुँदै नभएको १६ करोडको गाडी खरिद प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने अर्का युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ट्रिनिटी कलेजमा नेविसंघ सम्बद्ध छात्र बिबेक बाँनियालाई शुक्रबार प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो । विवेकले बन्दिपुरको नोत्रे दाम्स स्कूलमा पढेका हुन् ।
यसअघि प्युठानका सोनुकुमार सुनारलाई प्रहरीले विहिबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । पेशाले पत्रकार सोनुकुमार लामो समयदेखि राष्ट्रपति तथा राष्ट्र उच्च पदस्थ व्यक्तिमाथि तल्लोस्तरको भाषा प्रयोग गर्दै मनपरी लेख्दै आएका थिए । उनलाई थप कारवाहीका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरी स्रोतका अनुसार सुनारमाथि प्रहरीले साइबर क्राइम सम्बन्धी मुद्दा अघि बढाएको र ५ वर्षको जेल सजायँ हुनसक्छ । साइबर क्राइमसम्बन्धी अपराधको दफा ४७ अन्तर्गत पक्राउ परेका सुनारलाई ५ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानामा मुद्दा चलाउन काठमाडौं ल्याइएको हो ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses