लौ हेर्नुहोस् हवाईजहाजभन्दा पनि महंगो कुकुर:-
Advertisement
You May Like
तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला ।
यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ । भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको थियो । त्यहाँ ४० प्रजातिका २०० भन्दा बढी कुकुरले भाग लिएका थिए । तर सबैको आँखा तिब्बती मास्टिफमा गड्यो ।
यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा २४ देखि ४८ करोड छ । यतिमा त ससानो हवाईजहाज नै किन्न सकिन्छ । डग शोमा करोडौं मूल्यको मास्टिफ दिल्लीबाट ल्याइएको थियो ।
यो तिब्बती मास्टिफलाई पाल्न पनि महंगो छ । यसलाई चौबीसै घन्टा एसीको चिसो चाहिन्छ । अनि यसलाई प्रत्येक १५ दिनमा स्पा लग्नुपर्छ ।
यसको खाना जर्मनीबाट मगाउनुपर्छ ।
यो ३२ इन्चको हुन्छ र तौल करीब ७० देखि ८० किलो हुन्छ ।
यसले बाघ र चितुवा जस्ता जनावरसँग पनि लड्ने क्षमता राख्छ ।
एजेन्सीको सहयोगमा
Advertisement
You May Like
0 comments
Write Down Your Responses