रगत पसिनाको सात महिनाको तलब माया मारेर ज्यान जोगाउँदै १० नेपाली स्वदेश फर्किए
Advertisement
You May Like

नेपालस्थित लक्की एचआर मेनपावर कम्पनीबाट गत वर्ष जुलाईमा साउदी अरबको सलमान हसन अल मार्थु कम्पनीमा पठाइएका र यातना भोगी नेपाल आउन गुहार मागेका १० नेपाली नेपालका लागि प्रस्थान गरेका छन् ।
साउदी अरबको एयर अरेबियाको जहाजमार्फत उनीहरू आजै (बुधबार) बिहान ९ बजे नेपालतर्फ उडेका हुन् ।
पीडितलाई नेपाली साझा मञ्च र साथी अभियानको सक्रीयता र समन्वयमा नेपाली दूतावासका स्थानीय कर्मचारी हरि घिमिरेले आउटपास र एक्जिट भिसा मंगलबार दिलाएपछि घर फर्किएका हुन् । नेपालस्थित मेनपावर एजेन्सीले पीडितलाई हवाई टिकट उपलब्ध गराएको हो ।
युवाका अनुसार साउदी अरबको कतिफक्षेत्र अन्तर्गतको अवमियामा राखिएका उनीहरूलाई पुगेकै दिनदेखि दुई दिनमा एक छाकमात्रै खाना दिने र बोलेमा कुटपिट गर्ने र पेस्तोल देखाएर “तिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु” भन्दै कपिल (मालिक) ले बारम्बार धम्की दिने गरेका थिए । तीन जना कपिल रहेको र उनीहरूको घरमा काम लगाउने साथै कुटपिट गरिरहन्थे त्यस्तो उत्पीडन सहन नसकेर उनीहरूले पाउने ७ महिनाको तलब माया मारेर फर्केका हुन् ।
गत बिहिबार १ बजे राति कपिलले उनीहरुलाई राखेको अवमियाको मजरामा आई मेनपावरलाई किन खबर गरिस्, काम गर्न जान्छस् कि जान्नस्” भन्दै सोद्धा खाना र तलब नदिएसम्म जान्नौँ भनेपछि कुटपिट गरेर “तेरो नेपाल जाने बाटो यही हो, जता जान्छस् जा । फर्केर आइस भने मारेर फालिदिन्छु” भन्दै पेस्तोल देखाएर केहीलाई अज्ञात स्थलमा पुराई छाडेर अलपत्र पारिएको थियो ।
त्यसपश्चात् उनीहरु शुक्रबार बिहान अन्य व्यक्तिको सहारा र मञ्चका अभिन्यताको सल्लाहमा दम्मामको सिको गार्डेन पुगेका थिए । मञ्चका साउदी अरब संयोजक कृष्ण पुरीले उनीहरूलाई खान बस्नका लागि मेनपावरका प्रतिनिधि काप्रीसँग समन्वय गरेर व्यवथा गरिदिएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.