एउटा यस्तो देश: राष्ट्रपति सडकमा आफैले पर्यटकहरुलाई घुमाउँछन् ,,,{जहाँको जनसंख्या ३३ जना छ ।}
Advertisement
You May Like

विश्वमा एउटा यस्तो देश छ । जहाँको जनसंख्या ३३ जना छ । त्यहाँका राष्ट्रपतिलाई खुलेआम सडकमा देख्न पाइन्छ । रोचक कुरा त के छ भने यहाँको कुल जनसंख्यामा कुकुर समेत सामेल छन् । जसमध्ये ४ वटा कुकुर छन् । यो देशको नाम मोलोसिया हो ।



अमेरिकाको नेवादामा रहेको यो स्वघोषित देशमा आफ्नो अलग कानून, परम्परा तथा अलग मुद्रासमेत रहेको छ ।सन् १९७७ मा केभिन बघ र उनका एकजना साथीको दिमागमा फुरेको एउटा अलग देश बनाउने आइडियाको उपज हो यो देश । स्थापनाकालदेखि नै केभिन मालोसिया देशका राष्ट्रपति रहेका छन् । उनले आफूलाई तानाशाह घोषित गरेका छन् र उनकी श्रीमती देशकी प्रथम महिला हुन् । त्यो देशमा बस्ने धेरजसो नागरिक केभिनका नातेदार नै हुन् ।
यद्यपि, स्वघोषित यो देशलाई अहिलेसम्म कसैले पनि मान्यता दिएको चाहिँ छैन । यो सानो देशमा पनि स्टोर, पुस्तकालय, अन्त्यष्टि स्थल लगायतका सुविधाहरु रहेका छन् । कतिपय मानिसहरु यो सानो देशको भ्रमणमा आउँछन् । यो देशमा छिर्नका लागि पर्यटकहरुले आफ्नो पासपोर्टमा छाप लगाउनु पर्दछ । यो देश घुम्नलाई २ घण्टाको समय लाग्दछ । राष्ट्रपति आफैले पर्यटकहरुलाई घुमाउँछन् । एजेन्सी

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.