अन्ततः फुट्नेभयो राप्रपा, वरिष्ठ नेता राणा को (विज्ञप्तिसहित)
Advertisement
You May Like


काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयनमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी फुट्नसक्ने चेतावनी दिएका हुन् ।
केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका राणाले शुक्रबार विज्ञप्ति निकालेर केन्द्रीय समिति विस्तार र अन्य महत्वपूर्ण निर्णयमा केन्द्रीय तहका सबै नेताहरुसँगको परामर्श एवं सहमतिमा सबै पक्षको सन्तुलित प्रतिनिधित्व गरिनुपर्ने र सबैको भावना र चाहना प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष थापाले ४२ केन्द्रीय सदस्य एकांगी रुपमा मनोनयन गरेको भन्दै पूर्ण असहमति जनाएका छन् । राप्रपालाई विग्रह वा आन्तरिक द्वन्द्वमा फस्नबाट जोगाउन मनोनयनको निर्णय फिर्ता लिन पनि उनले अध्यक्षसँग माग गरेका छन् ।
मधेसी, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र, दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको समेत कुनै ख्याल नगरी गरिएको मनोनयनको निर्णयले पार्टी विभाजन गर्न सक्ने समेत चेतावनी राणाले दिएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘अध्यक्षको यो मनोगत निर्णय र कार्यले पार्टीमा अनिष्ट र विग्रहको स्थिति पैदा गर्ने भयले म ज्यादै चिन्तित भएको छु ।’
स्थानीय तह निर्वाचनको समीक्षा, आगामी चुनावकी रणनीतिलगायत विषयमा छलफल गर्न साउन ४ गते केन्द्रीय समिति बैठक बोलाइसकिएको अवस्थामा गरिएको मनोनयनले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको अस्तित्वलाई समेत पूर्ण रुपमा नकारेको ठहर राणाको छ ।
विज्ञप्तिसहित:

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.