हेर्दा हेर्दै बुहारी चढेको जिप खोलाले बगायो
Advertisement
You May Like

भने घटना घटेको २५ मिनेटपछि मात्र आयो । त्यसपछि जिल्लाका पुलिस, सशस्त्र र सेनाको टोली आए ।’ ‘लगातारको बर्षाले खोलामा पानी बढेका कारण जिप र बेपत्ता भएका परिवारका सदस्यहरुको खोजी कार्यमा कठिनाई भएको उहाँले बताउनुभयो । ‘सिङ्खो सुरक्षा टिम संवेदनशिल भएर खोजी कार्यमा लागेको छ,घटनास्थलदेिख बुटवलसम्म सुरक्षाकर्मी परिचालन गरी जिप र वेपत्ताको एक सुत्रीय खोजीमा लागेका छौ’ प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताउनु भयो । वेपत्ता खोजिका लागी स्थानीयबासी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पाल्पा देखी बुटवलका विभिन्न स्थानमा परिचालन भएका छन । बाढीले लु १ ख १२१७ नम्वरको जिप बगाउदा तानसेन नगरपालिका वडा नम्बर १ भुसालडाडाकी २९ बर्षीय उषा श्रेष्ठ, बगनासकाली गाउँपालिका वडा नम्बर ३ नायरका ४० बर्षीय पदम बहादुर कुवँर, माथागढी गाउँपालिका वडा नंम्बर १ चिदिपानीका ५१ बर्षिय तिलबहादुर गाह उहाँकी श्रीमती ४० बर्षिया मायाँ गाहाँ वेपत्ता भएका छन् । लगातारको बर्षाले खोला बढेका कारण जिप र बेपत्ताको व्यक्तिको खोजी कार्यमा कठिनाई भएको छ । बेपत्ता हुने तिल बहादुर जिल्ला वन कार्यालय,उहाँकी श्रीमती जिल्ला कृषि विकास कार्यालय र पदम रामजाली फर्निचर तानसेनमा कार्यरत हुनुहुन्थ्यो । चालककी श्रीमती उषा भने रातीको समयमा श्रीमानलाई साथीको रुपमा जानु भएको थियो । जिप कसेनीको सराईबाट सदरमुकाम तानसेन तर्फ आउदै थियो । घटना भएको बासटारी झडेवा गोठादी हुदै रुपन्देहीको खैरेनी जोड्ने यो सडकमा एउटा पनि पक्की पुल छैन ।
बर्षायाममा चालकले जोखिम मोलेरै सवारी साधन खोलामा हाल्नु पर्ने बाध्यता छ । यस सडक अन्तरगत तिनाउँ खोला खहरे खोला, गोठादी खोलामा पक्की पुलको आवश्यकता भएपनि जिल्ला सडक डिभिजन कार्यालयले ध्यान दिन सकेको छैन । उक्त सडक क्षेत्र क्षेत्रमा डिभिजन सडक कार्यालयले माडीचक्रपथ निर्माणको काम गर्दै आएको छ भने सडक विभाग पाल्पाको जिम्मेवारीमा रहेको बासटारीदेखि रुपन्देहीको खैरेनी सम्मको सडक अवस्था दयनीय छ । माडी फाँटको तिनाउ खोलामा पक्की पुल नहुदा बर्षेनी सवारी साधन बगाउदै आएता पनि सम्वन्धित निकायले पुल बनाउन चासो दिएका छैनन ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses