तपाईको गुनासो अब सिधै गृहमन्त्रालयमा,डायल गर्नुहोस टोल फ्री नम्बर.....
Advertisement
You May Like

काठमाडौं,असार २६ । सर्बसाधारण नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु अब सिधै गृह मन्त्रालयमा राख्न पाउने व्यबस्था गरिएको छन् । गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बर व्यवस्था गरेको हो । प्रत्यक्ष जनताको गुनासो मन्त्रालयमा आइपुग्ने र छिटो गुनासोको समाधान हुने बिकल्पले टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको गृहमन्त्री जनार्दन शर्माले बताए । टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए ।

सो गुनासो तत्काल सम्बोधन गर्न मन्त्री शर्माले स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन् । काठमाडौं,असार २६ । सर्बसाधारण नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु अब सिधै गृह मन्त्रालयमा राख्न पाउने व्यबस्था गरिएको छन् । गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बर व्यवस्था गरेको हो । प्रत्यक्ष जनताको गुनासो मन्त्रालयमा आइपुग्ने र छिटो गुनासोको समाधान हुने बिकल्पले टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको गृहमन्त्री जनार्दन शर्माले बताए । टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए । सो गुनासो तत्काल सम्बोधन गर्न मन्त्री शर्माले स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन् ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.