पहिलो पार्टी बन्ने देखिएपछि बिजय जुलुसमा गर्जिए ओली कुचो हातमा छ... भन्दै के भने ? पढ्नुस्
Advertisement
You May Like



१७ असार, गुल्मी । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले तेस्रो चरणको निर्वाचनसम्ममा अरु सबै पार्टी बढारिने टिप्पणी गरेका छन् । गुल्मीको रेसुंगामा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरु पार्टीहरुलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताए । ‘केही पार्टीहरुले एमाले अव बढारिन्छ भन्थे, ओलिले भने, ‘उनिहरुलाई बढार्ने कुचो एमालेको हातमा छ, अव हेर्दै जाउँ २ नम्बर प्रदेशको चुनावसम्म को को बढारिन्छन् ।’ दोस्रो चरणको चुनावमा पनि एमालेको पक्षमा बलियो बहुमत आएको भन्दै अध्यक्ष ओलीले सत्तापक्ष सलबललाई रहेको टिप्पणी गरे । उनले गुल्मीमा विकासको लागी आर्थिक अभाव नहुने भन्दै ओलिले त्यही अनुसार काम गर्न पार्टीका विजयी जनप्रतिनिधिलाई सुझाव दिए । ‘रेसुङ्गा नगरले बिकास चाहेको छ, ओलीले भने, ‘एमालेले सत्तामा गएर राजाइ गर्न चुनाव जितेको होइन, हामीले बिकास गरेर देखाउँछौ ।’

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.