ब्यापारी श्रेष्ठलाई जवानीको जालमा पारेर अपहरण गरि हत्या गर्ने पुजाको वास्तविक कुण्डली बल्ल खुल्यो ! उनि १७ बर्षीय युवती हैन २१ बर्षीय अनि डीभोर्सी महिला हुन् …. (फोटो सहित)
Advertisement
You May Like


काठमाडौँ, २७ असार | व्यवसायी श्रेष्ठको अपहरणपछि भएको हत्याले पूजालाई सामाजिक सञ्जालमा भाइरल बनाएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आकर्षक जीउडालकी गोरी पूजाको फोटो राख्दै केटीहरूदेखि सावधान लेखिएका पोस्टहरूसमेत सार्वजनिक गरिरहेका छन् । तुलसीपुरका एक प्रतिष्ठित व्यवसायीको अपहरणमा संलग्न ती युवती खासमा को हुन त ?
प्रहरीले उनको उमेर १७ वर्ष भनेर सार्वजनिक गरे पनि उनको खास उमेर २०-२१ वर्ष भएको बताइन्छ । तुलसीपुरमा १२ कक्षासम्म अध्ययन गरेकी पूजाको तडकभडक केही समययता निकै बढेको जानकारहरू बताउँछन् । पूजा अध्ययन वा कामभन्दा रंग–रमितामा रमाउन थालेकी थिइन् । केही समयअघि उनले सल्यान कालीमाटीका एक युवकसँग विवाह गरेकी थिइन् भने राम्रै रकम लिएर उनले ती युवकसँग सम्बन्धविच्छेद गरेको बताइन्छ । पूजा ब्युटिपार्लरमा काम गर्थिन् र निकै मोजमस्तीपूर्ण जीवन बिताउँथिन् । साथीहरू उनको प्रगति देखेर अचम्मित थिए । उनी विभिन्न मेला महोत्सवहरूमा नृत्यसमेत गर्थिन् ।
पूजाको व्यवहार केटाहरूसँग संगत बढाउने र अप्ठेरोमा पारेर रकम असुल्ने खालको थियो । उनले यसबीच पनि धेरै पुरुषसँग संगत बढाएर रकम लिएको बताइन्छ । ब्युटिपार्लरमा काम गर्न थालेदेखि उनी व्यवसायीहरूको सम्पर्कमा पुगेकी थिइन् । पूजा व्यवसायी श्रेष्ठसँग करिब डेढ बर्षदेखि नै सम्बन्धमा रहेको निकटस्थहरू बताउँछन् । पूजाको अधिकांश खर्च श्रेष्ठले नै धानिदिएको उनीहरूको भनाइ छ ।
पूजाको श्रेष्ठसँगको सम्बन्ध थाहा पाएका सल्यानका मानबहादुर भण्डारीले नै पूजालाई प्रयोग गर्ने तानाबाना बुनेका थिए । भण्डारीले पूजामार्फत श्रेष्ठको सम्पत्ति र व्यवसायका बारेमा विस्तृत जानकारी लिएका थिए । श्रेष्ठसँग कुस्त सम्पत्ति रहेको र दिनमै लाखौंको कारोबार हुने कुरा थाहा पाएपछि भण्डारी र पूजाका बुवा टीकाराम घर्तीले ३ करोडसम्म असुल्ने योजनाका साथ पूजालाई मोहरा बनाएर उनको अपहरण गरेको बताइन्छ ।
पूजाको काम श्रेष्ठलाई सल्यानसम्म पुर्याउने मात्र थियो । उनी श्रेष्ठलाई सल्यान पुर्याइसकेपछि त्यसै दिन राति नै तुलसीपुर फर्किसकेकी थिइन् । घटनामा आफ्नो सहभागिता कसैलाई थाहा नहुने आशामा उनी घरमै बसिन् । भोलिपल्ट श्रेष्ठ अपहरणको हल्ला चलेपछि प्रहरी व्यापक रूपमा परिचालित भयो । घटनाको प्रारम्भिक अनुसन्धानबाट श्रेष्ठलाई सल्यानसम्म पुर्याउने पूजा भएको कुरा थाहा भयो ।
जेठ २७ गते राति इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली पूजाको घरमा पुग्यो जहाँ पूजाकी आमाले उनी दुई दिनदेखि घरमा नभएको बताइन् । प्रहरीले घर खानतलासी गर्ने प्रयास गर्यो तर उनले प्रहरीलाई घरमा पस्न दिइनन् । उल्टै प्रहरीलाई धम्काइन्, ‘महिला मात्र भएको घरमा राति–राति पस्न खोज्ने ? तिमीहरूको के चाला हो यो ? म गाउँलेहरूलाई बोलाएर तिमीहरूको बेइज्जत गर्दिऊँं ?’
पूजा घरमा नभएपछि किन बबाल गर्नु भन्ने सोचेर प्रहरी ब्याक भयो । हो–हल्ला हुन थालेपछि प्रहरी त्यहाँबाट फर्किएको थियो । त्यसपछि घरमै रहेकी पूजा मोबाइलको स्वीच अफ गरेर फरार भइन् । प्रहरी घरमै रहेकी पूजालाई पक्राउ गर्नबाट चुक्यो । त्यसैले पनि प्रहरीलाई अन्य अभियुक्त पक्राउ गर्न लामो समय लाग्यो ।
यसरी भएको थियो हत्या !
जेठ २६ गते राति अपहरण गरेपछि श्रेष्ठलाई रातदिन जंगलको बाटो हिँडाइयो । मुख्य योजनाकार भण्डारीले श्रेष्ठलाई आफ्नो घर नजिकैको जंगलसम्म पुर्याइदिन भनेका थिए । त्यसकारण अपहरणमा संलग्न भाडाका युवाहरूले श्रेष्ठलाई जंगलको कठिन बाटो हिडाए । उनलाई २९ गतेसम्म लगातार ३ दिन जंगलको बाटो हिँडाइयो ।
मधुमेहका रोगी श्रेष्ठ औषधी र उपयुक्त खानपिनबिना कठिन बाटो हिँड्नुपरेपछि बाटोमै थलिए । अपहरणकारीले १० किलो चिउराबाहेक अरू केही बोकेका थिएनन् । बाटोमा त्यही चिउरा खान दिन्थे । हिँड्ने क्रममा श्रेष्ठ ठाउँ–ठाउँमा लडेका थिए फलस्वरूप उनको शरीरमा चोट लागेको थियो र अन्तमा उनी बिरामी नै परे । अब अपहरणकारीलाई अप्ठ्यारो प¥यो । श्रेष्ठलाई लामो समयसम्म हिँडाउन कठिन भयो । २७ जेठदेखि नै प्रहरी सल्यानको जंगलमा छ्याप्छ्याप्ती भैसकेको थियो । प्रहरीले सकेजति जनशक्ति परिचालन गरेको थियो ।
प्रहरीको सक्रियताका कारण अपहरणकारीहरूलाई श्रेष्ठलाई लामो समय हिँडाइराख्न सम्भावना भएन । त्यसपछि श्रेष्ठको एउटा आवाज रेकर्ड गराएर उनको हत्या गर्ने योजना बन्यो । उनीहरूले यस्तो आवाज रेकर्ड गराए– ‘म ठिक छु । उहाँहरूलाई ३ करोड रुपैयाँ दिनु ।’ त्यसपछि ढुंगाले किचेर श्रेष्ठको हत्या गरियो अनि बाक्लो जंगलको ओढारमा फ्यालियो । त्यसपछि रकम असुल्न सकिने आशामा अपहरणकारीले श्रेष्ठको घरमा फोन गरी ३ करोड रुपैयाँ मागे । घरपरिवारले श्रेष्ठसँग कुरा गरेपछि मात्र पैसा दिन सकिने बताए । अपहरणकारीले श्रेष्ठको रेकर्ड गरिएको आवाज सुनाए तर परिवारले दोहोरो कुरा नगरी केही गर्न नसक्ने जवाफ फर्काए । प्रहरीले चारैतिर घेरा हालिरहेको भान परेकाले अपहरणकारी धेरै समय उक्त क्षेत्रमा बस्न सक्ने अवस्थामा थिएनन् । त्यसपछि उनीहरू तितरबितर भएको प्रहरीको भनाइ छ । कोही भारततिर गए भने कोही नेपालकै बिभिन्न ठाउँमा छरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिवस लोहनीले बताए । पक्राउ परेका अविरल महतराको सुचनाका आधारमा श्रेष्ठको शव फेला पारिएको एसपी लोहनीले जानकारी दिए ।
श्रेष्ठ अपहरणको २१ दिनपछि शुक्रबार सल्यानमा मृत अवस्थामा फेला परेका थिए । उनको शव हेलिकप्टरबाट तुलसीपुर ल्याइएको थियो । श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे लेक भञ्ज्याङ जंगलमा मृत फेला परेको घटना अनुसन्धान टोली प्रमुख राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताए । श्रेष्ठको शव आफैं खोजेर भेटिने स्थानमा नरहेको उनले जानकारी दिए । – कान्तिपुर साप्ताहिकबाट

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.