एसइइ पास भएको एक महिना नबित्दै पिंकी बनिन् वडा सदस्य
Advertisement
You May Like


मोरङ, असार २५ – महेन्द्र पासवान कांग्रेसका क्रियाशील सदस्य, उहाँकी जेठी छोरी पहिल्यैदेखि बालअधिकारको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभयो ।
विराटनगर महानगरपालिका वडा नम्बर ९ मा दलित महिला सदस्यमा उम्मेवारी खोजी भयो ।
२१ कटेकी पिंकी यादवको नाम कांग्रेसबाट एक्कैचोटी टुंगियो । उहाँले यसै वर्ष एसइइको परीक्षा दिनुभएको थियो । उहाँले गणित विषयमा राम्रो ग्रेड नआएको भन्दै पुनर्मुल्यांकनको प्रक्रिया थाल्नुभएको थियो । यहि क्रममा उहाँ चुनावमा लाग्नुभयो । असार १४ गते स्थानीय तहको चुनाव सम्पन्न भयो । गणितको रिभिजनको परिणाम आएको छैन ।
तर असार २४ गते बिहानै उहाँको राजनीतिक नतिजा भने उत्कृष्ट आयो । विराटनगर महानगरपालिकाका १९ वटा वडामा उठेका सबै उम्मेदवार मध्ये संभवतः सबैभन्दा कम उमेरकी पिंकीले दलित महिला सदस्य पदमा ९ सय ७ मत प्राप्त गर्नुभयो । यो मत वडाका अरु उम्मेदवारको भन्दा बढी हो ।
संसारी माइस्थानमा रहेको भानु प्राथमिक विद्यालयको कक्षा ५ मा पढ्दा पिंकी श्रमिक बाल क्लबको साधारण सदस्य हुनुहुन्थ्यो । पछि सरस्वती मावि ठाकुरबारी रोडमा कक्षा ७ मा पढ्दा बाल क्लबको सदस्य बन्नुभयो । ९ र १० कक्षामा उहाँले बाल क्लबको अध्यक्ष भएर नेतृत्व गरेपछि उहाँलाई थप हौस्यायो । अधिकारको कुरा गर्दै हिँड्ने दलित युवती जित्ने आशामा निक्कै दौडधुप गर्दै हुनुहुन्थ्यो । पिंकी शनिबार बिहानको खबरले निकै उत्साहित हुनुभयो । वडा नम्बर ९ को वडा सदस्यमा उहाँ विजयी हुनु भएको थियो ।
उहाँका बुबा महेन्द्र दुई दशकदेखि रड मिस्त्री भएर काम गर्नुहुन्छ । उहाँको कमाईबाट नै छोराछोरीले माध्यमिक तहसम्मको पढाई पूरा गरेका छन् । विजयको रातो रङ लगाउन सेतो कुर्ता सलवारमा बुवाआमा, दुई दाजु र बहिनीका साथ बिहानै आदर्श विद्यालय अगाडि भेटिनुभएकी पिंकीले उत्साहित हुँदै भन्नुभयो, ‘चुनाव भएमा अब पाँच वर्षपछि वडाध्यक्ष उठ्छु ।’ बालअधिकारको वकालत गर्न सिपालु पिंकी भन्नुहुन्छ, ‘वडाका पीडित बालबालिकालाई सहयोग हुने खालका कार्यक्रम सञ्चालन गर्छु । वडाका दलित बालबालिका र महिलाका पक्षमा काम गर्ने सोच बनाएकी छु ।’
आमाको हौसला पाएलगत्तै पिंकीले आफ्नो प्रतिबद्धता सुनाउनुभयो । बिराटनगर बालमैत्री गर्ने अभियानमा समेत समाजलाई एकत्रित गर्ने काममा खप्पिस पिंकी वडा सदस्य बनेपछि बालबालिकाका विषय कसरी सबै सामु पु¥याने भन्ने ध्याउन्नमा हुनुहुन्छ ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.