१०२ स्थानको मत परिणाम आउँदा एमाले अग्रस्थानमा
Advertisement
You May Like


असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भएको निर्वाचनमा शनिबार अपराह्न साढे २ बजेसम्म १०२ स्थानको मतपरिणाम आएको छ।
हालसम्म प्राप्त मतपरिणामअनुसार एमालेले चार नगरपालिकासहित ४५ स्थानमा जितेको छ। त्यस्तै, ८६ स्थानमा उसको अग्रता कायम छ। एमालेले जितेका ४ नगरपालिका डडेल्धुराको अमरगढी, संखुवासभाको मादी, गुल्मीको रेसुंगा र धनकुटाको पाख्रिबास हुन्।
एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले ८ नगरपालिकासहित हालसम्म ३६ स्थानमा जित्न सफल भएको छ। उसले ८४ स्थानमा अग्रता लिइरहेको छ।
कांग्रेसले जितेका ८ नगरपालिका बाजुराको बडिमालिका, भोजपुरको भोजपुर, दार्चुलाको महाकाली, बैतडीको दशरथ चन्द, बझाङको बुंगल, अछामको कमलबजार, दार्चुलाको शैल्यशिखर र बाजुराको त्रिवेणी हुन्।
नेकपा माओवादी केन्द्रले हालसम्म नगरपालिकामा जित हासिल गरेको छैन। १७ गाउँपालिका प्रमुखमा जित हासिल गरेको माओवादीले ४९ स्थानमा अग्रता लिइरहेको छ।
नतिजा आएका १०२ मध्ये दुई स्थानमा राष्ट्रिय जनमोर्चा र एक स्थानमा संघीय समाजवादी फोरमले जितेका छन्। प्यूठानको मल्लरानी र झिमरुक गाउँपालिकामा जनमोर्चा र बाँकेको नैरनापुरमा फोरमले जित हासिल गरेका हुन्।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.