नयाँ ट्राफिक नियम भोली देखी लागु हुने, कुन गल्तीको कति छ त जरीवाना ? सक्दो शेयर गर्नुहोस
Advertisement
You May Like
काठमाण्डौ । ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ट्राफिक नियम उल्लंघनको लागि बढाएको जरिवाना पर्सि शनिबारदेखि लागू गर्ने भएको छ।
यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै ट्राफिक प्रहरीले वैशाखको दोस्रो साता जरिवानामा २० प्रतिशतसम्म बढाएको थियो।
सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको महाशाखाका डिएसपी ज्ञानेन्द्र पाख्रिनले बताए।
ट्राफिक प्रहरीले जरिवाना एक्कासी बढाएपछि चालकले भने चर्को असन्तुष्टि जनाएका छन्। उनीहरूले उपत्यकाको सडक साघुँरो र जिर्ण भएको, सडक बत्ति नभएको र उपत्यका जस्तो स्थानमा ट्राफिक लाईटको व्यवस्था नभएको स्थानमा ती कुराहरुलाई वेवास्ता गरि जरिवाना मात्र एक्कासी बढाउनु असान्र्दभिक भएको बताएका छन्।
के गरे कस्तो कारबाही
५०० जरिवाना हुने कसुरहरू
१ तोकिएको भन्दा बढी मालसामान राखेमा
२ सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३ सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४ प्रयोजन बिपरीत सवारी चलाएको
५ हेल्मेट नलगाएको
६ सवारी आवागमनमा बाधा पुरयाएको
७।अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८ छतमा यात्रु बोकेको वा राखेको
१००० जरिवाना हुने कसुरहरू
१ सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२ सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३ दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४ मादक पदार्थ सेवन गरी सवारी चलाएको
५ सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
१५०० सम्म जरिवाना हुने कसुरहरू
१ ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२ सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३ सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४ सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
५ एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६ अवस्था ठिक नभएको सवारी चलाएको ।
७ निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८ राती बत्ती नबाली सवारी चलाएको ।
९ सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१० नम्बर प्लेट नराखी सवारी चलाएको ।
११ सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको।
१२ पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३ सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४ सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५ निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६ लापरवाहीका साथ सवारी चलाएको ।
१७ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८ सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses