यदि उसको याद लाई उसले मलाई फेसबुक मा block गरे जस्तै गरेर block गर्न मिल्ने भएको भए म उसलाई बर्षै पहिले भुलि सक्ने थिए
Advertisement
You May Like
यदि कसैलाई प्रेम गर्छु भनेर गरिन्थ्यो त म उसलाई कहिले प्रेम गर्ने थिईन।यदि उसको याद लाई उसले मलाई फेसबुक मा block गरे जस्तै गरेर block गर्न मिल्ने भएको भए म उसलाई बर्षै पहिले भुलि सक्ने थिए।तर दुख को कुरा न मैले उसलाई माया गर्दिनँ भनेर हिजो प्रेम नगरी बस्न सके,न अाज उस लाई भुल्छु भनेरै भुल्न सके।
मलाई थाहा थियो उ म सङ्ग रिसाएको थियो ।मैले उसले मलाई घमण्डी सम्झियोस् भनेरै पठाएको म्यासेज को कारण ।मलाई उ सङ्ग माफि माग्नु थियो जानि जानि उसको चित्त दुखाएको मा ।तर जब मैले उ सङ्ग म्यासेन्जर मा कुरा गर्न डाटा अन् गरे,तब सम्म उसले मलाई फेसबुक र म्यासेन्जर मा block गरि सकेको थियोे ।जब फेसबुक मा उसको नाम सर्च गरेर हेर्दा पनि उसलाई देखाएन तब मेरो हातखुट्टा गलेर अायो।तेति खेर के भयो भनेर म शब्दमा बर्णन गर्न सक्दिन।सायद यति बेचैनी त मलाई उसको बिवाह को खबर सुने पनि भएको थिएन।तर म मा यो बेचैनी किन?अाखिर म जे चाहन्थे त्यहि त भएको थियो ।म उसलाई भुल्न चाहन्थे ।उसको याद अब मेरो लागि हानिकारक साबित हुन थालेको थियो ।मेरो मनमा उसको सम्झना अब मङ्सिर को धान को बेर्ना जस्तै अर्थ हिन थियो ।
म झ्याल ढोका लगाएर सिरक ले मुख ले मुख छोपेर रोए।सायद त्यसै गरि जब राज को मृत्यु को खबर सुुुनेर रोएको थिए।हिजो राज ले अात्महत्या गर्नु मा अाफु निर्दोष हुदाहुदै त मैले अाज सम्म अाफै लाई दोषी मानि रहेको थिए भने अाज उसले मलाई block गर्नु मा त यसै पनि म दोषी नै थिए।
हिजो सम्म कसैको याद अायो भन्दा याद अाएको भए एक hug गरन त भनेको मान्छे ले मेरो हिजो को एउटा झुट्टो म्यासेज को कारण उसले म सङ्ग रिसाएर block गरीदिएको थियो ।तर उसलाई के थाहा मैले उसलाई किन तेसो भनेको भनेर।उसलाई के थाहा सधैं भरि अाखाँ ले देखेको र कान ले सुनेको कुरा पनि सहि हुदैन भनेर।कहिलेकाही त्यहीँ देखिन्छ सुनिन्छ जुन अरुले हामी लाई देखाउन चाहन्छ ।यदि उसले उसको बिवाह अगाडि नै मैले उसलाई कति माया गर्थें भन्ने थाहा पाउथ्यो त सायद म उसको हुन्थे।उ अर्थात मैले कुनै दिन अाफ्नो मन मा राखेको मान्छे तर भावि ले मेरो भाग्य मा नलेखेको मान्छे ।उ अर्थात कृष्ण ....क्रमश.....
Advertisement
You May Like
0 comments
Write Down Your Responses