एउटा नमिठो चुनावः हिजो छोराको मृत्यु आज बाबु वडाध्यक्षमा विजयी
Advertisement
You May Like
प्रतिष्पर्धि नेपाली कांग्रेसले ११ सय ६३ मात्रै ल्याउन सक्यो । जनतामाझ लोकप्रिय मानिन्छन् अर्याल । जिताए पनि । तर व्यक्तिगत जीवनमा भने उनले ठूलै कुरा गुमाए । उनी चुनाव प्रचार र मतगणनाको चटारोमा छँदा सुत्केरी बस्न श्रीमती गुल्मीको सिमलटारे गएकी थिइन । उनी यता चुनावमा व्यस्त । घरदैलो, आमसभा, कोणसभा, भेटघाट । तर यही बीचमा आत्तिने गरी समाचार सुने उनले, “छोरा सिकिस्त छ रे, पाल्पा या बुटवल लैजानुपर्यो ।” बच्चालाई खोप लगाएपछि ज्वरो सुरु भएर निमोनिया भएको रहेछ । दुई तीन दिनसम्म घरमा निको नभएपछि मावलीकाले पाल्पा प्रबास पुर्याए । “तर बचाउन सकिएन, आइसियुमा राखेको ५ मिनेटमैं बित्यो” उनले भने । र, यो घटनाको ठीक भोलीपल्ट आज सोमनाथ
अत्यधिक मतान्तरले विजयी भएको घोषणा भयो । अरु बेला भएको भए उनी अहिलेसम्म रंगिई सक्थे होलान् । तर उनले अविर दल्न सकेनन् । हिजो मात्रै त्यति ठूलो शोक । “यस्तोमा अविर नदल्ने सामाजिक परिपाटी र संस्कार छ, मनले पनि मानेन्, त्यसैले ५ दिनपछि औपचारिक रुपमा विजय मनाउँछौं” उनले भने । तीन महिना अघि छोराको जन्म हुँदा परिवारमा नै उल्लास छाएको थियो सोमनाथको । यसअघि उनका कुनै बच्चा भएका थिएनन् । “२० वर्षपछि छोरा पाएको, त्यो पनि छोडेर गयो । यता जनताले जिताएका छन् । म स्तब्ध अवस्थामा छु ।” २० वर्षपछि छोरा पाएपछि हर्षित थिए
सोमनाथ । दुई वर्ष एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका सोमनाथले छोरा जन्मेको खुशी मनाइरहेकै बेला माओवादी केन्द्रले उनलाई वडाध्यक्षमा टिकट दिने निर्णय गर्यो । यसले झनै थपियो खुशी । पश्चिमाञ्चलको चलन, सुत्केरी बारेपछि श्रीमती छोरा लिएर माइत गइन । उनी भने यता चुनावमा होमिए । मावलीमा छोरा श्रीमती भएकोले ढुक्क हुने अवस्था थियो । चिन्ता केही थिएन । तर…। “बच्चामा लगाउने डिपिटी हो या के खोप लगाएछन् । त्यसको टाइमिङ बिग्रियो कि के भयो, छोरालाई ज्वरो आएछ । बढ्दै गयो, जोगाउन सकिएन” अर्यालले भने । ५ दिनपछि भने अर्यालले विजयोत्सव मनाउने स्थानीय पार्टीले तयारी गरेको छ । अहिले उनको दुःखमा स्थानीय पार्टीले पनि साथ दिएको छ । दुःखी भएपनि जनतासँग गरेका वाचा र प्रतिबद्धता पुरा गर्न भने यो दुःखले झनै आँट दिएको सोमनाथ बताउँछन् । “मेरो व्यक्तिगत क्षति भएपनि जनताले भरोसा गरेर जिताएका छन् । वडा नं. ११ र सिँगो नगरपालिकाका लागि मेरो भूमिका झनै सशक्त बनाउने अठोट लिएको छु
Advertisement
You May Like
0 comments
Write Down Your Responses