अपहरणको लागि आफ्नै बाबू बाट प्रयोग भएकि १७ बर्सिय पुजा, जसलाइ आफ्नै बाबुले अपराधी बनायो ... हेर्नुहोस पुजाको बयान
Advertisement
You May Like
दाङ – तुलसीपुर उपमहानगरपालिका ५, बसपार्कका ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठ अपहरणको २१ दिनपछि शुक्रबार सल्यानमा मृत भेटिएका छन् । उनको शव हेलिकोप्टरबाट तुलसीपुर ल्याई राप्ती अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ ।जेठ २६ गते राति अपहरित श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा मृत फेला परेको अनुसन्धान टोली प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताए । अपहरणकारी पक्राउ परेपछि उनीहरूकै सहायताले शव भेटिएको शाहले जानकारी दिए ।
अपहरण र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जंकोट १ रोल्पा घर भई घोराही ४ बस्ने रमेश भनिने मनबहादुर पुन, दाङको पवननगर १ घर भई हाल
तुलसीपुर ६ बस्ने रुगत थापा मगर, तुलसीपुर १२ का कमल भनिने अविरल महतरा र घोराही १४ नयाँ बजारकी जमा पुन छन् ।
यसैगरी झिम्पे ४, सल्यानका मानबहादुर भण्डारी, तुलसीपुर ६ की पूजा घर्ती मगर, शान्तिनगर २ घर भई हाल तुलसीपुर ६ बस्ने निर्मल भनिने टीकाराम घर्ती फरार रहेको प्रहरीले जनाएको छ । अपहरणमा टीकारामले आफ्नै छोरी पूजालाई प्रयोग गरेको प्रहरीले जानकारी दिएको छ । पूजाले फोन गरेर व्यवसायी श्रेष्ठलाई सल्यानसम्म लगेको र त्यसपछि अन्य समूहले अपहरण गरेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । फरार अभियुक्तबारे जानकारी दिनेलाई प्रहरीले १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।
एक प्रहरी अधिकृतकाअनुसार पूजाले श्रेष्ठसँग सुरुवातमा हिमचिम बढाएकी थिइन् । जेठ २६ गते श्रेष्ठलाई सल्यान घुम्न भन्दै बोलाएको र अर्की एक केटीसाथीसहित श्रेष्ठकै कारमा चढेर करिब एकघण्टाको बाटो पार गरेपछि योजना अनुसार बाटोमा तैनाथ अन्यको सहयोगमा उनको अपहरण भएको देखिएको छ ।
२६ गते रातिदेखि २९ गतेसम्म जंगलमा हिँडाएको र हिँड्ने क्रममा श्रेष्ठ ठाउँठाउँमा लडेको, चोट लागेको र बिरामी परेको उनले जानकारी दिए । ‘बिरामी भएका श्रेष्ठलाई कता राख्ने भन्ने भएपछि हत्या गरेको देखिन्छ,’ उनले भने, ‘हत्यापछि सबै तितरवितर भएका छन् । कोही भारततिर गएका छन् भने कोही यहीं लुकेर बसेका छन् ।’
रकम असुल्नकै लागि अपहरण गरी हत्या गरेको वरिष्ठ प्रहरी उपरीक्षक शाहले बताए । हत्या गरिसकेपछि पनि अपहरणकारीले घरमा फोन गरेर ३ करोड फिरौती मागेको उनले बताए ।
श्रेष्ठसँगै अपहरित भनिएका घोराही हापुरका २८ वर्षीय रणबहादुर घर्ती पनि फरार छन् । उनको पनि घटनामा संलग्नता भएको हुनसक्ने प्रहरीको आशंका छ । बा११च १०७१ नम्बरको निजी सेतो रंगको कारमा तुलसीपुरबाट निस्किएका श्रेष्ठको गाडी सल्यानको कपुरकोट गाउँपालिका ५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा फेला परेको थियो । उक्त गाडीको साथमा भारतीय एचपी ११८६४८ नं को गाडी पनि फेला परेको थियो ।
को–को थिए संलग्न ?
अपहरणमा परेका तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्यामा सँलग्न केहीलाई प्रहरीले शनीबार तुलसीपुरमा पत्रकार
सम्मेलन गरी सार्बजनिक गरेको हो ।असार २६ गते अपहरण भएका श्रेष्ठको शबलाई प्रहरीले शनिबार बिहान मात्र फेला पारेको हो । हत्यामा सँलग्न भएका भनिएका तुलसीपुर १२ का कमल भन्ने अबिरल महतराको बयानको आधारमा व्यापारी श्रेष्ठको शब हत्या गरेको अबस्थामा सल्यानको क्षत्रेश्वरी गाँउपालिका वार्ड नम्बर ४ झिम्पेरेन्जको जँगलको ओडारमा फालेको अबस्थामा फेला पारेको थियो ।
पत्रकार सम्मेलनमा अञ्चल प्रहरी प्रमुख ज्ञानबिक्रम शाहले हत्यामा सँलग्न भनिएका महतराले आफूू समेत हत्या भएको स्थानमा रहेको बयान दिएका थिए । अनुसन्धानमा सँलग्न सिआईबीका एसपी दिनेश लोहनीले व्यापारी श्रेष्ठको अपहरणपछि जेठ २९ गते नै हत्या भइसकेको थियो ।
अनुसन्धानको क्रममा श्रेष्ठको हत्याको मुख्य कारण पैसा नै भएको देखिएको छ ।
पत्रकार सम्मेलनममा जानकारी गराउदै घटनाका मुख्य योजनाकारहरु सल्यान झिम्पे ४ का बर्ष ३५ का मानबहादुर भण्डारी, जिल्ला दाङ शान्तिनगर हाल तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ का बर्ष ४० को निर्मल भन्ने टिकाराम घर्ती, तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ बस्ने बर्ष १७ की पुजा घर्तीमगर र जिल्ला दाङ घोराही उपमहानगरपालिका वार्ड नम्बर १४ नयाँ बजार बस्ने बर्ष ३८ की जमा पुन रहेको प्रहरीले बताएको छ । घटनामा ७ जना संलग्न भएका र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses