काठमाडौंका यी ठाउँमा थपिए ‘एकतर्फी सडक’ , केही स्थानमा Right Turn निषेध ..
Advertisement
You May Like
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा वन वे (एकतर्फी सडक) थपिएका छन्। चार पांग्रे तथा दुई पांग्रे सवारीका लागि विभिन्न सडकमा एकतर्फी मात्रै प्रयोग हुने व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
जसअनुसार मैतीदेवी चोकबाट अब मन्दिरतर्फ जान नपाइने भएको छ। खिचापोखरीबाट एभरेष्ट बैंकतिर जान नपाइने, सातदोबाटोबाट चापागाउँ मोडतिर जान नपाइने भएको छ।
राष्ट्रपति कार्यालय पर्खालको बाटोमा हेवी सवारी साधनको प्रवेश निषेध गरिएको छ। स्वयम्भू चोकबाट आनन्दकुटी, भगवानपाउ किमडोल हुँदै जान पाइने तर स्वयम्भू चोकबाट किमडोल हुँदै छाउनीतर्फ जान नपाइने भएको छ। सवारीसाधनलाई बाटुलेघरबाट चारखालतर्फ जान निषेध गरिएको छ। चारखालबाट बाटुलेघरतिर एकतर्फी मात्रै आवत हुनेछ।
कृष्णपाउरोटी चोकबाट बैंक अफ काठमाण्डुतर्फ आउन गल्लीको बाटो मात्रै प्रयोग गर्न पाइने छ।
त्यस्तै राजधानीका विभिन्न स्थानमा दायाँ मोड्न निषेध गरिएको छ। त्रिपुरेश्वरदेखि कालिमाटी सडकसम्मको कनक पेट्रोल पम्प र नयाँ बाटोमा दायाँ मोड्न पाइने छैन। माइतिघरदेखि कृष्णपाउरोटी सडकको कुमारी मोड र शंकरदेव मोडमा पनि निषेध गरिएको छ।
नयाँ बानेश्वरबाट पुरानोबानेश्वर सडक खण्डमा भिमसेनगोला जान नपाइने भएको छ। कान्तिपथको ज्याठा गल्ली, कानदेवतास्थान, हनुमानस्थान, इनारमोड, बखुल्डोल, दमकल मोडमा दायाँ मोड्न निषेध गरिएको छ।
छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघाराी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालोमा दायाँ मोड्न निषेध गरिएको छ। त्यस्तै एयरपोर्टबाट आएको गाडीले सिनामंगल घुम्नुपर्नेछ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses