नवनिर्वाचित मेयरले गरे सरकारी सुविधा नलिने घोषणा....
Advertisement
You May Like

नवलपरासी, असार १८ । नवलपरासीको सुनवल नगरपालिकामा नवनिर्वाचित मेयर भीमबहादुर थापाले आफूले पाउने सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

मतदाताहरुसँग गरेको प्रतिबद्धताअनुसार थापाले विजयी भएलगत्तै आफूले पाउने तलबभत्ता सुविधा नलिने घोषणा गरेका हुन् ।
आफूले पाउने तलबभत्तासहित कुनैपनि आर्थिक सुविधा नलिने र उक्त रकम अशक्त र असहायका लागि खर्च गर्ने बताए ।
नगरपालिका क्षेत्रभित्र रहेका अशक्त र असहायहरुका लागि छुट्टै कोष खडा गरेर उनीहरुको हेरचाहका लागि रकम खर्च गर्ने थापाको भनाइ छ ।
नेपाली कांग्रेसबाट निर्वाचित थापा उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य पनि हुन् ।
उनले नेकपा एमालेकी विमला पौडेललाई पराजित गरेका थिए ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.