‘प्रचण्ड’का छोरा प्रकाशलाई पनि सुप्रवल जनसेवाश्री पदक
Advertisement
You May Like
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले समाजसेवीका रुपमा सुप्रवल जनसेवाश्रीबाट सुशोभित हुने अवसर पाएका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिका छोराछोरीले राज्यले दिने मान पदवीबाट सुशोभित भएर आलोचना भइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाशलाई पनि सरकारले सुप्रवल जनसेवाश्रीबाट सुशोभित गर्ने निर्णय गरेको हो ।
दशौँ गणतन्त्र दिवसका अवसरमा घोषित मान पदवी पाउँने व्यक्तिको नामावलीमा प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउने सूचीको १ सय ९ नम्बरमा छ । प्रकाशलाई सो पदक चितवनका समाजसेवीका रुपमा प्रदान गरिएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनले जनसेवाश्री पदक पाएका थिए ।
एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीलाई मरणोप्रान्त दिएको नेपाल रत्न विभुषणबाट उनका छोरीहरू उषाकिरण र निशाकुसुम भण्डारीलाई सुशोभित गरिएको थियो ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses