अन्ततः देवी र रेणु हेलिकोप्टरमा उठेर काठमाडौं आउँदै !
Advertisement
You May Like


चितवन, ११ असार– मतगणनाका क्रममा च्यातिएको चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मंगलबार सर्वोच्च अदालत आइपुग्ने भएको छ ।
भरतपुरमा आइतबार बसेको सरोकारवालासहितको सर्वदलीय बैठकले मंगलबार च्यातिएका मतपत्र सर्वोच्च पठाउने निर्णय गरेको हो । मतगणनाका क्रममा माओवादी कार्यकर्ताले ९० मतपत्र च्यातेका थिए । मतगणना सुचारु गराउन माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले च्यातिएका मतपत्र पठाउन भनेपछि सर्वदलीय बैठक बसेको हो ।

च्यातिएका मतपत्र शिलबन्दी गरी अदालतमा पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल तथा प्रहरी प्रतिवेदनसमेत मतपत्रका साथ पठाइने उल्लेख गरे ।
उनका अनुसार मतपत्र र सम्बन्धित कागजात मंगलबार बिहान जहाजबाट काठमाण्डु पठाइने छ । भरतपुर १९ मा पुनः मतगणना गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट परेपछि सर्वोच्चले च्यातिएका मतपत्र झिकाउने आदेश दिएको हो । भरतपुरमा काँग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु र एमालेबाट देवी ज्ञवाली प्रतिस्धर्पामा छन् ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.