बर्षा नरोकिएपछी पोखराको पृथिवी यसरी 'अलग' हुदैछ ।
Advertisement
You May Like


पोखरा : पोखरामा आइतबार रातिको भीषण वर्षाको कारण गएको पहिरोले भिन्न भिन्न ठाउँका दुई जनाको मृत्यु भएको छ। स्थानीय फुस्रोखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।पोखरा लेखनाथ महानगरपालिका १८ पस्याङपाखामा गए राति १२ बजे बर्षा संगै घर पछाडिबाट ढिस्को खसेर तारापति अधिकारीको घरको एउटा कोठा पुरिएर गुल्मी घर भइ ठूली आमाको घरमा बस्दै आएका १४ बर्षीय टंक क्षेत्रीको मृत्यु भएको हो।
पहिरो क्षेत्रबाट उद्धार गरी अस्पताल लग्दै गर्दा उनको मृत्यु भएको स्थानीय केशवराज न्यौपानेले जानकारी दिनु भयो। आधा शरीर पुरिएकी धनमाया अधिकारी भने बाँच्न सफल हुनभएको छ।परिवारका एक मात्र छोरा टंक ठूली आमाको घरमा बसेर पस्ङ्को धर्मस्थली निमावि कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो। अन्य सदस्य भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो।सँगै पोखरा १९ अकलादेवीको मन्दिर नजिकै गए राति गएको पहिरोले पुरिदा ४० वर्षीया शोभा पोडेलको ज्यान गएको प्रहरीले बताएको छ।
ब्लकले बनेको भान्छा कोठामा काम गर्दै गर्दा पहिरोले बगाएको पौडेलको शव आइतबार बिहान घर भन्दा एक सय मिटर तल भेटिएको बताइएको छ। पक्की घरमा भने पहिरोले कुनै असर गरेको छैन। भान्छा कोठा नजिकैको पक्की घरमा सुत्नु भएका उहाँका छोरा भने सकुशल हुनुहुन्छ।सँगै गएराति नै बर्षापछि बढेको फुस्रे खोलाले बगाएर पर्वतको तिलहार घर भएकी लीलाकुमारी लामिछाने बेपत्ता भएको प्रवक्ता खत्रीले जानकारी दिनुभयो। रोपाई गरेर छोरीको घरमा फर्कने क्रममा खोला तर्दा लामिछानेलाई खोलाले बगाएको हो।
सँगै पोखरा १६ बाटुलेचोर, पोखराको विन्ध्यवासिनी र पोखरा १७ छोरेपाटनमा बर्षा पछि बस्ती नजिकै जमीन भासिएको छ। पोखराको छोरेपाटनमा पानीको निकास नबनाई गरिएको प्लटिङमा बनेका घर डुवानमा परेका छन्। पोखरा ५ ठूली पोखरी आसपासका क्षेत्रमा पनि पानीको निकास नुहँदा बस्ती डुवानमा परेको छ। पोखरा १२ माटेपानीमा शुक्रबार राति पहिरो गएकै ठाउँमा शनिबार राति परेको ठूलो बर्षापछि थप ठूलो पहिरो जाँदा चापापानी बस्ती र माटेपानी गुम्वा थप जोखिममा परेको छ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.