अन्तत : गृहमन्त्रीले गरे बम समात्ने प्रहरी हवल्दारको अपमान
Advertisement
You May Like


मतदानस्थलमा फ्याकिएको बम समातेर ठूलो क्षती हुनबाट बचाउने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका थिए ।
बचनबद्धता अनुसार गृहमन्त्रालयले केही प्रहरी अफिसर जम्मा गरेर मतदान स्थलमा फ्याकिएको बम हातले समातेर पर फाल्ने प्रहरीलाई सम्मान त गरे । तर त्यो एकदमै लज्जास्पद भयो । धेरैले कल्पना गरेका थिए गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले ती हवल्दारको राम्रो मुल्यांकन गर्नेछन् र पद बढुवा गर्नेछन् ।
के सम्मान पुरस्कार मिल्यो भन्ने कुरा एकदमै लज्जास्पद र अचम्म लाग्दो छ । प्रहरीको मनोबल बढाउने काम गर्छु भनेका गृहमन्त्रीले आफ्नै मातहतका जवानको यसरी गिराएका छन्, त्यो निकै लज्जास्पद छ । आफ्ना जिउँ ज्यानको प्रवाह नगरी जनतालाई बचाउन लागिपरेका हवल्दारलाई १५ सय रुपैयाँ दिएर सम्मानको साटो अपमान गरेका छन् । के यो भिख दिएको हो ?

उक्त सम्मानका विषयमा गृहमन्त्रालयका अधिकारीलाई समेत जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘गृहमन्त्रीज्यूले के कसरी गर्नुभयो त्यो मलाई थाहा भएन्,’ गृहमन्त्रालयका सुचनाअधिकारी भविश्वर पाण्डेले भने । ‘जनताको जिउ ज्यानको सुरक्षार्थ आफ्नो ज्यानको बाजी थापेर अगाडी बढेका हवल्दारको सम्मान गर्नु निकै राम्रो विषय हो तर सम्मानमा के कति गर्ने भन्ने कुरा गृहमन्त्रीज्यूलाई नै थाहा होला’ सूचना अधिकारी पाण्डेले भने । उनले यस विषयमा आफुलाई सम्पूर्ण जानकारी नभएको र बुझेर इन्र्फम गर्ने बताए ।

सामाजिक सञ्जालमा किन भयो भाईरलः

मतदान स्थलमा फालिएको बम समातेर ठूलो क्षती हुनबाट बचाउने हबल्दार राना सामाजिक सञ्जालमा निकै चर्चामा आए । कतिपयले उनलाई प्रहरीको सच्चा हिरो समेत भने । सायद गृहमन्त्री शर्माले सामाजिक सञ्जालको प्रभावबाटै होला उनलाई पुरस्कार दिने घोषणा गरेको ।
गृहमन्त्री शर्माले नै सम्मान गर्ने बताएपछि त्यो विषय झन चर्चामा आयो । तर अन्तमा सबैले सोचेको तथा अनुमान गरेको भन्दा फकर भयो । उनलाई सम्मानस्वरुप जम्मा १५ सय रुपैयाँ दिईयो । जुन विषय सामाजिक सञ्जालमा फेरी पनि भाईरल भएको छ ।

Advertisement
You May Like

2 comments

baijeeti haru.......post promotion garnu ta ka xa kha...1500 tarna thala...sachha police ko manobal ghataunee kam gara

अर्काकाे कामकाे जस चाेरेर लिन जान्ने फटाले खुब गर्याे नि

Write Down Your Responses

Powered by Blogger.