अन्तत : गाडीका लागि १६ करोड मागेको बिषयमा राष्ट्रपती भण्डारीले मुख खोलिन ...{पुरा पढ्नुहोस् }
Advertisement
You May Like
काठमाडौं, २६ असार । राष्ट्रपति कार्यालय शीतल निवासले राष्ट्रपति विद्यादेवी भण्डारीको गाडीका लागि १६ करोड रुपैयाँ नमागेको स्पष्ट पारेको छ ।
गाडीका लागि सरकारसँग १६ करोडको मागेको भन्दै राष्ट्रपतिको आलोचना भइरहेका बेला शीतल निवासले मुख खोल्दै त्यसको खण्डन गरेको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले गाडीका लागि सरकारसँग किटान गरेर पैसा नमागेको बताए ।
‘राष्ट्राध्यक्षको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै राष्ट्रपति कार्यालयले सरकारसँग बुलेट प्रुफ गाडी व्यवस्था गर्न भनेको हो,’ उनले भने– ‘तर, गाडी खरिदका लागि किटान गरेरै पैसा मागेको कुरा सत्य होइन् ।’
उनका अनुसार विदेशी राष्ट्राध्यक्ष आउँदा उनीहरुलाई चढ्न दिन तथा राष्ट्रपति आफ्नै लागि पनि अहिले सुरक्षित सवारी साधन आवश्यक छ । यसअघि भारतका राष्ट्रपति नेपाल भ्रमण आउँदा सुरक्षाका लागि भारतबाटै बुलेट प्रुफ गाडी लिएरका आएका थिए ।
Advertisement
You May Like
1 comments
Write Down Your Responses
July 11, 2017 at 4:42 AM
शान्ति क्षेत्र नेपालमा बुलेटप्रुफ गाडी किन चाहियला र ?